भारतले शिखर सम्मेलनमा सहभागि हुन इमरान खानलाई निम्तो पठाउने

प्रकाशित मिति : २ माघ २०७६, बिहिबार  ५ : ४३


नयाँ दिल्ली । भारतले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भारतमा हुने एससीओ शिखर सम्मेलनका लागि निम्तो पठाउँने भएको छ । 

भारतीय विदेश मन्त्रालयले बिहीबार आठ सदस्य देशका प्रमुखलाई शंघाई निगम संगठन (एससीओ) शिखर सम्मेलनमा आमन्त्रित गरिने जनाएको छ। 

यसमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि छन्। 

एससीओ शिखर सम्मेलन यस वर्षको अन्तमा भारतमा आयोजना हुने कार्यक्रम छ।

भारत र पाकिस्तान सन् २०१७ मा एससीओका सदस्य बनेका थिए। त्यसपछि भारतमा पहिलो पटक बैठक बस्न लागेको हो। 

भारत र पाकिस्तान बाहेक एससीओ सदस्य देशहरुमा चीन, कजाकिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तान रहेका छन्।

जम्मू कश्मीर मामिलालाई लिएर भारत र पाकिस्तानबीच पछिल्लो समय तनाव बढेको छ । 


प्रतिक्रिया दिनुहोस्