अर्बपतिको जीवनसंगिनी बन्न २० हजार युवतीले दिए आवेदन

प्रकाशित मिति : २ माघ २०७६, बिहिबार  ५ : २४


टोकियो । जापानी धनाढ्यसँग चन्द्रमामा घुम्न जानका लागि २० हजार युवतीले आवेदन दिएका छन् । 

यसाकु माजेवा नाम गरेका फेसन व्यवसायीले गत बिहिबार चन्द्रमामा घुम्न जानका लागि जीवनसंगिनी चाहिएको भन्दै आवेदन दिन आग्रह गरेका थिए ।

डेलीमेलका अनुसार अहिलेसम्म २० हजार महिलाले आवेदन दिएका हुन् । प्राप्त आवेदन पछि अन्तिम समयमा उनी आफैले एक जनालाई छान्ने बताइएको छ । 

आवेदन दिने समय बाँकी छ ।

यो पनी

चन्द्रमामा घुम्न जानका लागि युवती खोज्दै जापानी अरबपति
 


प्रतिक्रिया दिनुहोस्