कमल थापाको पार्टीका उपाध्यक्षलाई ओलीले लगे

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ३ : ०६


काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गरेका छन्।

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई भक्तपुरको बालकोटस्थित ओली निवासमा खादा लगाई पार्टीमा स्वागत गरेका हुन्।

कर्णाली विकास बैंकका अध्यक्ष रहेका राय २०७४ सालको निर्वाचनमा सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए।

पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य गुलावजङ्ग शाहको पनि उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस्