काठमाडौंका मेयर बालेन भक्तपुरमा

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  २ : ३३


भक्तपुर। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शनिबार भक्तपुर आएका छन्।

बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन्। उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयोजना गरिएको थियो।

बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो। बालेनका साथमा उपमेयर सुनिता डंगोल पनि थिइन।

बालेन भक्तपुर नगरपालिकाकाको काम कारबाहीबाट प्रभावित छन्। उनी निर्वाचन परिणाम आउँंदै गर्दा पनि भक्तपुर नगरपालिकाको कार्यालय पुगेका थिए।


प्रतिक्रिया दिनुहोस्