दार्चुलामा बाढीको वितण्डा, पुलसहित दर्जन बढी घर बगायो

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ९ : ०५


काठमाडौँ । गएरातिदेखि परेको अविरल बर्षाको कारण दार्चुलाको सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा ठूलो क्षति भएको छ। लास्कु खोलमा आएको बाढी र पहिरोले सो क्षेत्रका स्कुलसँगै जोडिएका सडक र दर्जन बढी घर बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको छ । घर बगाउँदा केही व्यक्ति वेपत्ता भएको तर सो संख्यामा भने यकिन नभएको प्रहरीले जनाएको छ । हाल घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।


प्रतिक्रिया दिनुहोस्