धादिङ । धादिङमा एक दम्पतीले दुई सन्तानसहित हाम फालेका छन् । बिहिबार साँझ बेनिघाटको झोलुङेपुलबाट दुई सन्तानसहित दम्पतीले हाम फालेका हुन् ।
श्रीमतीको शव भेटिएपनि अन्यको अवस्था अज्ञात रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ६ महिना र २ वर्षका दुई छोरासहित काठमाडौंको चन्द्रागिरि नगरपालिकाका विनय लामिछाने र उनकी श्रीमतीले त्रिशुलीमा हाम फालेका हुन्।
विनयको सकुशल उद्धार गरिएपनि २ छोराको अवस्था अज्ञात छ ।
विनय परिवारसहित गोरखाको ध्याल्चोकस्थित ससुराली पुगेर घर फर्कँदै गरेको बताइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको छ ।