देउवाविरुद्ध डडेल्धुरामा कर्ण मल्ल उठ्ने

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : ४६


काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्ण बहादुर मल्लले चुनाव लड्ने भएका छन्।

डडेलधुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ मल्लले उम्मेदवारी घोषणा गरेका छन्।

शुक्रबार बीपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा डडेल्धुरामा आयोजित कार्यकर्ता भेलामा मल्लले डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका हुन्।

नेपाली काँग्रेस डडेल्धुराका पूर्व सभापति समेत रहेका मल्ल ग्रेसबाट कारबाहीमा परेपछि केही अगाडि कांग्रेस बीपीमा प्रवेश गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस्