अबुधाबी । युएईको आबुधाबीमा कामदार बोकेको गाडी दुर्घट्ना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
यूएईस्थित नेपाल दूतावासका अनुसार २४ जना सवार मिनिबसमा १८ जना नेपाली थिए । जसमा पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ ।
राजदूत कृष्णप्रसाद ढकाल र अन्य उच्च नेपाली अधिकारीहरु घाइते नेपालीहरु भर्ना भएका अस्पतालमा पुगेका छन् । दूतावासले भनेको छ, "हामी ती कामदार भएको कम्पनीको सम्पर्कमा छौं । विस्तृत विवरण प्राप्त गर्नेवित्तिकै सार्वजनिक गर्नेछौं ।"
लरीसँग ठोक्किँदा दुर्घटना भएको र सवार ६ जनाको मृत्यु भएको गल्फ न्यूजले उल्लेख गरेकाे छ ।
मृत्यु हुनेमा ५ जना महिला छन् । एक नेपाली र एक श्रीलंकाकन तथा एक जना पाकिस्तानी पुरुषको मृत्यु भएको बताईको छ ।
घाइते १९ मध्ये १६ जना नेपाली रहेको बताईएको छ ।