बैंकहरूमा तरलता अभाव छैनः डेपुटी गभर्नर मिश्र

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ६ : ३३


काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरूमा तरलता अभाव नभएको बताएका छन्।

शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै डेपुटी गभर्नर मिश्रले नेपालमा तरलता अभाव भन्दा पनि लगानीयोग्य पुँजीको अभाव भएको बताएका हुन्।

उनले विदेशी राष्ट्रको समेत प्रतिनिधित्व भएको सम्मेलनमा बारम्बार तरलताको चाप रहेको भन्दा बाहिर राम्रो सन्देश नजाने बताए।

डेपुटी गभर्नर मिश्रले बैंकहरूबाट ऋणपत्र (बण्ड) जारी गरेर पूर्वाधार विकासको लागि वृहत् लगानी जुटाउन सकिने बताए।

उनले राष्ट्र बैंकले बैंकहरूले ५ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको बण्ड निष्कासन गर्न सक्ने व्यवस्था गरेको बताए।

मिश्रले राष्ट्र बैंकको नीति अनुसार ५ खर्ब ८ अर्बको पूर्वाधार निर्माणमा लगानी जुटाउन सकिने बताए।

उनले हालसम्म बैंकहरूले १ खर्ब ३० अर्ब रुपैयाँको बण्ड जारी गरिसकेको बताए।

उनले पूर्वाधारमा निर्माणमाथप लगानीका लागि बाहिरबाट ऋण लिन पाउने व्यवस्था राष्ट्र बैंकले खुलाइएको बताए।

मिश्रले सजिलैसँग पस्न र बस्न देऊ भन्ने नीतिमा लाग्नुपर्छ भन्ने नीति राष्ट्र बैंकको भएको बताए।


प्रतिक्रिया दिनुहोस्