भृकुटिमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो सुरू (फोटोफिचर)

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ४ : २६


काठमाडौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो-२०२२ काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको छ।

नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजनामा सुरु भएको एक्स्पोको बिहीबार बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलन बाबु श्रेष्ठले उद्घाटन गरे।

एक्स्पोका संयोजक ओम बस्नेतका अनुसार सबै प्रदर्शकहरुले चाडपर्वलाई लक्षित गरी अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरू सञ्चालन गर्नेछन्।

विभिन्न ब्राण्डका प्रदर्शकहरुले वस्तु तथा सेवा हेरी विभिन्न किसिमका अफरमा अवलोकनकर्तालाई फर्निचर तथा फर्निसिङ, होम अप्लाइन्सेज लगायतका सेवा तथा उत्पादन उपलब्ध गराउने छन्।

यसका साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको बस्नेतले जानकारी दिए। १०० भन्दा बढी प्रदर्शनी कक्ष रहने एक्स्पो अवलोकनका लागि कुनै शुल्क नलाग्ने इभेण्ट सोलुसनले जनाएको छ। तर, अवलोकनकर्ताले आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ। साथै एक्स्पोको डिजिटल पेमेण्ट पार्टनर डिजी पे मार्फत पनि नि:शुल्क प्रवेश पास पाउन सकिनेछ।

फर्निचर तथा फर्निसिङ एक्स्पो वर्षेनी आयोजना हुनाले आफूहरूको व्यापार विस्तारमा सहयोग पुगेको व्यापारीहरू बताउँछन्‌।

जन्सा कार्पेटका मार्केटिङ अफिसर अजय जैसवालले एक्स्पोमा हजारौं मानिसहरूले अवलोकन गर्ने हुँदा आफ्नो प्रडक्टको राम्रो मार्केटिङ पनि हुने र ग्राहकहरूले प्रडक्ट सम्बन्धी बुझने हुनाले आँफू पनि एक्स्पोमा सहभागी भएको बताए।

जन्सा कार्पेटको क्वालिटी अरू भन्दा राम्रो भएको र देशैभरी उपलब्ध रहेको उनले बताए।

त्यस्तै रोयल फर्निचरका मार्केटिङ अफिसर विशाल राईले एक्स्पोमा फर्निचर सम्बन्धि पाँचवटा सामान बिक्रि भैसकेको बताए।

आँफूहरू पाँचौ पटक एक्स्पोमा सहभागी भएको र यसले आफ्नो व्यापार विस्तारमा सहयोग गरेको उनी बताउछन। आँफूहरूले १० हजार देखि ३ लाख सम्मको काठद्वारा निर्मित सामाग्रीहरू यस एक्स्पोमा राखेको बताए।

“किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट,  पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षणका रुपमा रहेको छ।

प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्स्पोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाईटेड फोम एण्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन्।

एक्स्पोको डिजिटल पेमेन्ट पार्टनरमा डिजि पे छ भने स्पेस म्यागिजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एशोसियसन नेपालको सहयोग छ।

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको समर्थन छ।

बदलिदो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ।

५ दिन चल्ने एक्स्पोमा १ लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ।

संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा वर्षेनी फर्निचर तथा फनिसिङ सामाग्रीहरुको बृहत् मेला “फर्नेक्स नेपाल” को आयोजना गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्