बनेपा । पनौती नगरपालिका–५ ढलमलेस्थित मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पनौती नगरपालिका–५ का ५० वर्षीय रामहरि देउजा रहेका छन् ।
पनौतीबाट बनेपातर्फ आउँदै गरेको प्रदेश ३–०२–०१ प ०४७७ नम्बरको मोटरसाइकलले बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका देउजाको उपचारका क्रममा नागरिक अस्पताल भक्तपुरमा मृत्य भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।
मोटरसाइकल चालक रोशी गाउँपालिका–१० का जगतमान थिङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कारवाहीको प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताउनुभयो।