बर्थ डेमा ज्ञानेन्द्र मल्ललाई क्यानद्वारा कप्तान लेखिएको शुभकामना

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  २ : ५२


काठमाडौं । राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको आज जन्मदिन।

हालै क्यान विरुद्ध बोलेको भन्दै अनुशासनको कारवाहीमा परेपछि उनी कप्तानबाट हटेका थिए। नयाँ कप्तान सन्दीप लामिछाने बनेका थिए।

शुक्रबार क्यानको अफिसियल पेजबाट क्यानले पृष्ठभूमीमा कप्तान लेखेको फोटो राख्दै जन्मदिनको शुभकामना दिएको छ।

बलात्कारको मुद्धामा मुछिएपछि हालका कप्तान लामिछाने निलम्बनमा परेका छन्।

हाल क्यारेबियन मुलुकमा रहेका सन्दीपले भने आफू निर्दोष रहेको र कानुनले सबै निक्र्यौल गर्ने बताइसकेका छन्।

सन्दीप नेपाल आए उनलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाउने प्रहरीको तयारी छ।


प्रतिक्रिया दिनुहोस्