भारतले लगायो चामलमा २० प्रतिशत निर्यात कर, बढ्ला त चामलको मूल्य ?

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  २ : ४४


काठमाण्डौँ ।

लगातार धान–चामल उत्पादनमा ह्रास खेप्दै आएको भारतले धान चामलको मुल्य विक्री हुन नदिन बासमती बाहेकका चामलमा २०% निर्यात कर लगाएको छ । संसारका करिब १ सय ५० देशहरुमा भारतले धान चामल निर्यात गर्दै आएको थियो । पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश जस्ता प्रमुख धान चामल उत्पादन हुने राज्यहरुमा धान बाली लगाउने समयमा यस बर्ष पनि औसतभन्दा न्यून बर्षा भएको कारण यस बर्ष धान चामल उत्पादनमा अझै ह्रास हुने अनुमानकाबिच भारतले एक्सपोर्ट कन्ट्रोल मिजर अन्र्तगत २०% निर्यात कर लगाएको हो ।

भारत सरकारले उसिना र बासमती चामल निर्यातमा भने कर नलगाउने जनाएको छ । भारत चिन पछिको दोश्रो ठुलो धान चामल उत्पादक राष्ट्र हो । भारतले गत बर्ष २ करोड १२ लाख टन चामल विश्व बजारमा निर्यात गरेको थियो । धान चामल मा २०% निर्यात कर आगामी सेप्टेम्बर ९ तारिख बाट लागु हुने छ ।
नेपालले वार्षिक ५० अर्बको धान चामल आयात गर्ने बिभिन्न तथ्यांकहरु छन्, यस आधारमा अगामी दिनमा नेपाली बजारमा समेत धान चामलको मूल्य विक्रि हुने निश्चित छ । यद्पी कतिपय अवस्था यस्ता नियमहरु लागु गरे तापनि दक्षिण एसियाली केहि देशहरुका लागि नियम मा लाचकता समेत दिदै आएको छ । नेपालको बाणिज्य मन्त्रालयका अधिकारी र भारतीय अधिकारीहरुले आगामी दिनमा कस्तो निकास निकाल्ने छन् ? त्यसैले नेपालमा भाबी दिनमा चामलको मुल्य बढ्ने नबढ्ने निश्चित हुने छ ।

यस अघि भारत सरकारले गहुँको निर्यातमा प्रतिबन्ध लगाइ सकेको छ । रुस युक्रेन युद्ध पछिको परिस्थिति हेर्दै भारत सरकारले एक पछी अर्को निर्यात निरुत्सहित गर्ने कदम चल्दै आएको छ । बिश्व ब्यापार संगठनमा भारतबाट खाद्यान्न आयात गर्ने राष्ट्रहरुले भारतको यो ब्यापारमा प्रतिबन्ध गर्ने प्रवृति को बिरोध गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्