युक्रेनी सेनाले रुसका ४०० ठेगानामा अमेरिकी हिमार्स रकेट हानिसक्यो!

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  २ : ४७


काठमाडौं। युक्रेनी सेनाले रुसका चार सय ठेगानामा हिमार्स रकेट हालसम्म हानिसकेको अमेरिकाले पुष्टि गरेको छ।

अमेरिकी सेनाका जोइन्ट चिफ अफ स्टाफ जनरल मार्क मिलीले बिहीबार अमेरिकाले प्रदान गरेको हिमार्स रकेट प्रणालीले रुसका चार सय स्थानमा आक्रमण भइसकेको बताएका हुन्।

अमेरिकी क्षेप्यास्त्र तथा रकेटको मद्दतमा युक्रेनले रुसलाई ठूलो क्षति पुर्याएको उनको भनाइ छ।

जर्मनीस्थित अमेरिकी सैन्य क्याम्प रामस्टिन एअर बेसमा पत्रकारहरुसँग कुराकानी गर्दै मार्क मिलीले भनेका छन्,‘हिमार्स रकेट प्रणालीको प्रयोगबाट हामीले वास्तविक र मननयोग्य लाभहरु देखिरहेका छौं। उदाहरणको लागि हाम्रो रकेट प्रणालीको प्रयोगमा युक्रेनलाई फाइदा पुगेको छ। रुसका ४ सय ठेगानामा रकेटले विध्वंश मच्चाएको छ।’

Ukraine Army takes fire control of enemy crossings near Darivka, Hola Prystan

रुसले युक्रेनलाई आक्रमण गर्न थालेदेखि नै अमेरिकाले युक्रेनलाई अरबौं डलरको सहयोग प्याकेज घोषणा गरेको छ। त्यस्ता सहयोगमा हतियारहरु पनि पर्दछन्।

पश्चिमा राष्ट्रले हतियार लगातार दिएकै कारण युत्रेनले रुसलाई प्रतिकार गर्न सफल भइरहेको छ। युएसन्युज डटकम

Trending news: How powerful is America's HIMARS rocket system, which is wreaking havoc on the Russian army - Hindustan News Hub


प्रतिक्रिया दिनुहोस्