२ तिहाइले विश्वविद्यालयका पदाधिकारी हटाउने प्रावधान स्वायत्ततामथि प्रहार : नेता थापा

प्रकाशित मिति : २ माघ २०७६, बिहिबार  १२ : ३९


काठमाडौं । सांसद गगन थापाले विश्वविद्यालयका पदाधिकारी ५१ प्रतिशतले हटाउने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामथि प्रहार गर्ने बताउनुभएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा  केही नेपाल ऐनहरुमाथि संशोधन गर्न चलेको छलफलमा सांसद थापाले यस्तो बताउनुभएको हो ।

नियुक्त भएका पदाधिकारीलाई सरकार वा मन्त्रालयले दिएको कुनै निर्देशनको पालना नभएको अवस्थामा सरकारले चाहेको बेला हटाउन सक्ने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गर्ने थापाको भनाई छ ।

थापाले २ तिहाइले मात्रै हटाउन सक्ने संशोधन सहित पारित गराउनुपर्ने बताउँनु भएको थियो ।

उहाँले सरकारले चाहेको बेलामा हटाउन सक्ने आधार निर्माण गर्नु लगत भएको बताउनुभएको छ । समितिले गरेको निर्णय नमान्ने भन्ने नहुने तर यो कुरा गलत भएको उहाँको भनाई छ ।

बिहीबार समितिले विश्व विद्यालयको पदाधिकारी हटाउन ५१ प्रतितश हुनुपर्ने प्रावधान राख्दै नेपाल ऐन पारित गरेको थियो ।

समितिमा छलफलका क्रममा दुईतिहाइले मात्रै हटाउन सक्ने प्रावधान राख्न सुझाव आएपनि विश्वविद्यालय र उच्च शिक्षाको छाता ऐन आउने क्रममा भएका कारण तत्काललाई ५१ प्रतिशतले नै हटाउन सक्ने प्रावधान राखिएको समिति सभापति जयपुरी घर्तिले बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस्