‘मेरो आक्रोश दुर्व्यवहार विरूद्द हो, प्रहरी संगठन विरूद्द हैन्’ : राउत

प्रकाशित मिति : २ माघ २०७६, बिहिबार  १२ : ०६


काठमाडौं । गायिका आस्था राउतको भाइरल बनिरहेको भिडियोबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानी पोखरीले संस्थाकै बदनाम गरिएको विषय भएकाले प्रगम्भीरतापूर्वक लिएको जनाएको छ।

यसैबीच गायिका राउतले आफ्नो आक्रोश प्रहरी संगठनप्रति नभएको बताएकि छन् ।

आस्था राउतको भिडियो भाइरल बनेपछि अनेक टिप्पणी भइरहेको छ । केहिले प्रहरीले सर्वसाधारण प्रति देखाउने व्यवहार विरुद्धको आक्रोश भनेका छन् भने कतिपयले 'अशिष्ट' भनेका छन् ।

गायिका राउतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तल्लो दर्जाका प्रहरीबाट आफुविरुद्ध दुर्व्यवहार भएको भन्दै प्रहरी संगठनविरुद्ध नै आक्रोश व्यक्त गर्दै फेसबुक लाइभ गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्