बलात्कार आरोपपछि सीपीएल टोली जमाइका तलवाजले हटायो सन्दीपलाई

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १२ : ०३


काठमाडौं। नाबालिगलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग क्लब जमैका तलवाजले टोलीबाट हटाएको छ।

जमाईका लुपस्पोर्टका अनुसार सन्दिपविरुद्ध नेपालमा पक्राउ पूर्जी जारी भएपछि टोलीले उनलाई हटाएको हो।

यसैबीच क्यारेबियन प्रिमियर लिग सीपीएलले बिहिबार एक विज्ञप्ति जारी गर्दै सन्दिप लामिछाने अब जारी सीजनको सिपिएलका कुनै पनि खेलमा सहभागी नहुने जानकारी दिएको छ।

जमैका तलवाजले शनिबार ट्रिनबागो नाइट राइडर्स विरुद्धको खेलका लागि तयार पारेको सूचीमा सन्दिपको नाम नराखेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

क्लबले सम्झौता खारेज गरेपछि अब सन्दिपले तत्काल जमैका छाड्नुपर्ने पनि विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्