पवनदीप र अरुनिताले गाए नाचौंनाचौं लाग्ने गज्जबको नेपाली गीत ‘घाम झैं बलेकी’ (भिडिओ)

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ११ : ३८


काठमाडौं। भारतको चर्चित सांगीतिक कार्यक्रम इन्डियन आइडलका विजेता पवनदीप राजन र सोही प्रतियोगिताकी उपविजेता अरुनिता कान्जिलालको आवाजमा पहिलोपटक नेपाली गीत सार्वजनिक भएको छ।

पवन र अरुनिताले गाएको ‘घाम झैं बलेकी’ गीत गज्जबको छ। गीत सुनेपछि नाचौं–नाचौं लाग्छ।

लोकप्रिय तथा बरिष्ठ संगीतकार शिखर सन्तोषको संगीतमा पवनदीप र अरुनिताले गीत गाएका हुन्। यस गीतका गीतकार एसपी सापकोटा हुन्।

मुम्बईमा केही समय अगाडि रेकर्ड गरिएको गीत हालै सार्वजनिक गरिएको हो।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्