निजी क्षेत्रलाई सहुलियतपूर्ण ऋण दिन अर्थमन्त्रि को एडीबी संग आग्रह

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ११ : ००


अर्थमन्त्रि जनार्दन शर्माले एसियाली बिकास बैंकलाइ नेपालको निजि क्षेत्रलाइ प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन अनुरोध गरेका छन । एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषासंग कुराकानी गर्दै मन्त्रि शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउदा नेपालको ग्रामीण अर्थतन्त्रको बिकास हुने बताएका छन निजि क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको बिकासलाइ उच्च प्राथमिकतामा राखेको शर्माले एसियाली बिकास बैंकलाइ आस्वस्त परेका छन ।

नेपालले जलवायु परिबर्तनमा कुनै नकारात्मक योगदान नगरेपनि त्यसको मार भने खेपिरहेको बताउदै नेपालमा हरित अमोनिया , हाइड्रोजन जस्ता बैकल्पित उर्जा उद्योगमा सहयोग गर्न शर्माले एसियाली बिकास बैंकलाइ अनुरोध गरेका छन ।

भेटमा एसियाली बिकास बैकका उपध्यक्ष अशोक लाभाशाले एसियाली बिकास बैंकले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागिसधै हातेमालो गर्ने प्रतिबध्ता ब्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्