काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विप्लव समुहले चर्चामा आउँन विस्फोट गराएको टिप्पणी गरेका छन् ।
विप्लव नेकपाले बुधबार बालुवाटारको सरकारी जग्गा बिक्री प्रकरणमा मुछिएका डा शोभाकान्त ढकालको घरमा बम विस्फोट र ललिता निवासको सरकारी जग्गा कब्जामा लिएको जनाएको थियो।
बुधबार साँझ उक्त जग्गामा झन्डा गाडेर नेकपाले जग्गा कब्जा गरिएको घोषणा गरेको थियो।
प्रवक्ता बाँस्कोटाले जग्गामा विप्लवमा झण्डा गाड्दैमा त्यो जग्गा कब्जामा नहुने बताए ।
बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने ‘विप्लवले कब्जा गरेर कब्जा हुँदैन,’ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार बाँस्कोटाले भने, ‘नेपाल सरकार आफैंले त्यसउपर छानबिन गराइरहेको छ। त्यो जग्गा जसले जे भने पनि नेपाली जनता र सरकारको जग्गा हो।’
बाँस्कोटाले सञ्चारमाध्यमले यस्ता समाचारलाई प्राथमिकता नदिएको समेत दाबी गरे ।