मोरङ । विराटनगर स्थित एउटा घाटमा जलाउन लगिएको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे अनुसन्धानका लागि शव नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
विराटनगर महानगरपालिका ८ बलुवाइकी २८ वर्षीया प्रेमदेवी शाहको शंकास्पद मृत्यु भएको खबरपछि प्रहरी घाटमै पुगेको हो । माइतिपक्षले प्रमेदवीको घाँटीमा चोट देखिएपछि प्रहरीसमक्ष उजुरी दिएका थिए।
माइतिपक्षको उजुरीपछी प्रहरी घाटमै पुगेको हो ।
प्रहरीले शव पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको छ।
मृतक प्रेमदेवी शाहको विवाह १२ वर्षअघि विराटनगर ८ का गोविन्द शाहसँग भएको थियो।