अमेरिका र रुससम्म हवाई उडान गर्ने नेपालको तयारी

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ६ : ४७


काठमाण्डौँ । नेपालले अमेरिका र रुससम्म हवाई उडान गर्ने तयारी गरेको छ । ‘कनेक्टिभिटी’ विना विकासको गति सहज नहुने भन्दै सरकारले अमेरिका र रुससहितका देशसँगको सिधा हवाई सम्पर्क कायम गर्न खोजेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विभिन्न देशसँगको ‘कनेक्टिभीटीको लागि सरकारले पहल गरिरहेको जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको चौथो पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।

उनले कनेक्टिभीटी बिना निकासले गति लिन सहज नरहेको बताए । उनले भनेका छन् कृषि, जलस्रोत र पर्यटन क्षेत्रका लागि पनि कनेक्टिभीटी आवश्यक रहेको रहेको उनको भनाई छ । ‘हवाइ, जल, स्थल, रेल सञ्जालको आवश्यकता छ, एउटा मात्र मुलुकको विकासले विश्व आर्थिक रुपमा मजबुत हुन सक्दैन, रिजनल कनेक्टिभीटीलाई अगाडि बढाउन आवश्यक छ, सँगै रहेका मुलुकको हातेमालोले समग्र अर्थतन्त्र सुदृढिकरण हुन सक्छ, क्षेत्रीयसँगै आन्तरिक कनेक्टिभिटीको पनि उत्तिकै आवश्यक छ,’ ।


प्रतिक्रिया दिनुहोस्