बालुवाटारमा बम भेटिएपछि विप्लवका कमाण्डर खोज्दै प्रहरी

प्रकाशित मिति : २ माघ २०७६, बिहिबार  ८ : १२


काठमाडौं । प्रधानमन्त्री निवास रहेको बालुवाटार क्षेत्रमै बम भेटिएपछि प्रहरीले विप्लव नेतृत्वको नेकपाका उपत्यका कमाण्डरको खोजी सुरु गरेको छ । 

उपत्यका कमाण्डर रहेका चिरन पुनको निर्देशनमा बम राखिएको हुनसक्ने भन्दै पुनको खोजीमा प्रहरीले विशेष टोलीलाई सक्रिय बनाएको बताइएको छ। 

विप्लव नेकपाले बुधबार साँझ सानोभर्‍याङमा रहेको 'भूमाफिया’ शोभाकान्त ढकालको घरमा शक्तिशाली बम बिस्फोट गराएको थियो ।

यस्तै बालुवाटारमा ललिता निवासकै खाली जग्गामा पनि बम भेटिएको थियो ।

प्रधानमन्त्री निवास लगायतका सरकारी निवास रहेका कारण २४ सै घण्टा उच्च सुरक्षा सतर्कता हुने स्थान नजिकै बम फेला परेको हो। 

अत्यन्तै संवेदनशील क्षेत्र नजिक बम भेटिएपछि सुरक्षा सर्तकता माथि नै पनि प्रश्न उब्जिएको छ।

यो पनी

बालुवाटारमा कुकर बम राख्न कसरी सफल भयो विप्लव समूह ?


प्रतिक्रिया दिनुहोस्