डा. पुकारचन्द्र श्रेष्ठविरुद्ध सहकर्मीमाथि दुर्व्यवहार गरेको उजुरी

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ५ : ४६


काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठविरुद्ध उजुरी परेको छ ।

आफ्नै सहकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा श्रेष्ठविरुद्ध उजुरी परेको हो । अस्पतालको कामकाजका क्रममा पटकपटक दुर्व्यवहार गरेको भन्दै एक सहकर्मी महिला चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएको काउन्सिलका रजिस्ट्रार डा। कृष्णप्रसाद अधिकारीले बताए ।

ती महिला चिकित्सकले डा। श्रेष्ठविरुद्ध नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय प्रत्यारोपण केन्द्र बोर्ड, महानगरीय प्रहरी वृत्त भक्तपुरको महिला सेल र नेपाल चिकित्सक संघमा गरी चारवटा निकायमा एउटै बेहोराको उजुरी दिएकी छन् ।

उजुरीमा ती महिला चिकित्सकले डा। श्रेष्ठले आफूमाथि अस्वाभाविक, अमर्यादित एवं लज्जास्पद अभिव्यक्ति दिई मानमर्दन गर्ने गरेको, आफ्नो कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाउने गरेको, चरित्रहत्या गर्ने किसिमको व्यवहार गरेको तथा हतोत्साहित गराउने व्यवहार गरेको आरोप लगाएकी छन् ।


प्रतिक्रिया दिनुहोस्