काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल जारी रहेको छ । अध्यक्षद्वयबीच केही दिनयता छलफल भएको थिएन ।
अध्यक्षद्वयबीच छलफल नहुँदा कतिपयले सम्वादहीनताको अर्थमा लिएका थिए । यद्यपि आज पुनः उहाँहरुबीच छलफल शुरु भएको हो । आज मुख्यतः सभामुखको विषयमा छलफल हुने बताइएको छ ।
सभामुख चयनका विषयमा कुरा नमिलेपछि केही दिन अध्यक्षहरुबीच संवाद र भेटघाट भएको थिएन । प्रधानमन्त्री ओलीले सभामुखमा दलका उपनेता समेत रहेका सुवास नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई अघि सार्दै आउनु भएको छ । उहाँहरुको अडानका कारण प्रतिनिधिसभाको बैठक पटकपटक स्थगित हुँदै आएको छ ।