बलदेव अर्घाखाँचीबाट पनि प्रतिनिधिसभाका लागि सिफारिस

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ३ : ३६


काठमाण्डौँ । चक्रपाणी खनाल (बलदेव) अर्घाखाँचीबाट पनि प्रतिनिधिसभाका लागि सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्र का सचिव समेत रहेका बलदेव कपिलवस्तु -१ का प्रतिनिधि सभा सदस्य समेत हुन् । कपिलवस्तु -१ बाट उनको नाम केन्द्रमा सिफारिस भए पनि अर्घाखाँचीबाट पनि उनको नाम सिफारिस भएको हो ।

दुवै जिल्लाबाट बलदेवको नाम सर्वसम्मत भने सिफारिस हुन सकेको छैन । कपिलवस्तुमा उनीसहित डोरप्रसाद उपाध्याय, कमल चुदालीको नाम सिफारिस भएको छ । अर्घाखाँचीबाट उनीसहित डिलाराम आचार्य र जाकिर हुसेनको नाम सिफारिस भएको माओवादी अर्घाखाँचीले जनाएको छ ।

अर्घाखाँचीमा समानुपातिक तर्फ सुशिला श्रीपालीको एकल नाम सिफारिस भएको छ ।  प्रदेश सभा (क) तर्फ ठाकुर कुमार बिक, पदम क्षेत्री, शोभाखर भुसालको नाम सिफारिस भएको छ भने प्रदेश सभा (ख) मा बिबेक गैरे, टिकाबहादुर रेश्मी र भक्त बहादुर पुनको नाम सिफारिस भएको माओवादी अर्घाखाँचीले जनाएको छ । यो प्रदेशको समानुपातिक तर्फको नाम भने गोप्य राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्