काठमाडौं । प्रहरीप्रति आक्रोश पोखेको भिडियो भाइरल भएपछि विवादमा तानिएकी गायिका आस्था राउतले माफि मागेकि छन् ।
फेसबुकमा स्टाटस राख्दै आस्थाले माफि मागेकि हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुव्र्यवहार गरेकाले आक्रोश पोखेको आस्थाले बताइन् ।
भद्रपुर विमानस्थलमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गरेकी थिइन्। उनले भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेकी छन्।
पश्चिम सिक्कीमको रिम्बी माघे मेलामा प्रस्तुतीका लागि आस्था सिक्किम जाँदै थिइन्।
चेकजाँचका क्रममा महिला प्रहरीले ज्याकेट पुरै खोल्न लगाएको एवं निम्नस्तरको भाषा प्रयोग गरेकाले आक्रोशित बनेको आस्थाले बताएकि छ्न ।