सार्वजनिक यातायातलाई दशैंमा देशभर रुट पर्मिट खुला

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  २ : १९


काठमाडौं । दसैंमा सार्वजनिक सवारीसाधनलाई देशभर रुट पर्मिट खुला हुने भएको छ।

दसैंमा यात्रुको चाप हुने स्थानमा सवारीसाधनको व्यवस्थापन सहज होस् भन्ने उद्देश्यले यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीच बुधबार बसेको बैठकले सो निर्णय गरेको हो।

घटस्थापनाको दिन अर्थात् असोज १० गतेदेखि पूर्णिमाका दिन अर्थात् २३ गतेसम्म सार्वजनिक सवारीसाधनलाई देशभर सञ्चालनका लागि रुट पर्मिट जरुरत पर्ने छैन।

यद्यपि कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीका सम्बन्धमा भने बन्देज यथावत रहनेछ।


प्रतिक्रिया दिनुहोस्