प्रचण्डका स्वकीय सचिव प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार सिफारिस

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  १२ : ३९


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ल प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवार सिफारिस भएका छन्।

सल्यान जिल्ला समन्वय समितिको बैठक मल्लको नाम सिफारिस गरेको हो। समन्वय समितिको बैठक बुधबार बसेको थियो।

मल्ल अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष पनि हुन्।

मल्लसँगै सल्यानबाट वर्तमान सांसद टेकबहादुर बस्नेत पनि सिफारिसमा परेका छन्।


प्रतिक्रिया दिनुहोस्