कालो धनको बढ्दो जन्जाल, कसरी हुन्छ हिसाब मिलान ?

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ११ : ३३


सम्पत्ति शुद्धीकरण: कालो धनको बैध यात्रा

 

कालो र अबैध धनलाइ वित्तीय  प्रणालीको दुरुपयोग गर्दै पूर्ण रुपमा बैध आर्जन र बैध सम्पतिको श्रीजना गर्ने आर्थिक अपराधलाइ सम्पत्ति शुद्धीकरण भनिन्छ ।

सम्पत्ति शुद्धीकरण भन्नाले गैरकानुनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानुनी स्रोतबाट प्राप्त भएको देखाउन त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्य हो । गैरकानूनी रुपमा आर्जित आयलाई बैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तराष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्कफोर्स, ( एफ.ए.टी.एफ.) ले सम्पत्ति शुद्धीकरणलाई अपराधजस्तो नराम्रो स्रोतबाट प्राप्त आमदानीलाई लुकाउन गरिने प्रक्रिया भनी परिभाषित गरेको छ । त्यस्तै, सम्पत्ति शुद्धीकरणलाई वित्तीय कारोबारलाई गैरकानुनी आर्जनको परिचय, स्रोत वा गन्तव्यलाई लुकाउने व्यवहार भनी व्याख्या गरेको छ ।

विश्वभर हेरक बर्ष ८० खर्ब अमेरिकी डलर बराबरको सम्पत्ति शुद्धीकरण हुने अनुमान छ र वितिय क्षेत्रको दुरुपयोग गर्दै करिब ७० प्रतिशत यस्ता सम्पत्ति शुद्धीकरण गरिन्छ । विश्वको कूल गार्हस्थ उत्पादनको करीब २ देखि ५ प्रतिशतसम्म सम्पत्ति शुद्धीकरण सम्बन्धी अपराधले ओगटेको अनुमान छ । सम्पत्ति शुद्धीकरणको अपराधका ९० प्रतिशत घटना कारवाहीको दायरामा आउन सकेका छैन र अझै विश्व भरी यो बढ्दो छ ।

सम्पत्ति शुद्धीकरणको स्रोतहरु

हुन त गैर कानुनी तवर बाट गरिने धन आर्जन को सम्भाव्य स्रोतहरु विभिन्न र ब्यापक हुन् सक्छ । विश्वव्यापी अनुभवको आधारमा सम्पत्ति शुद्धीकरणको स्रोतहरु आतंककारी कार्य र आतंकवादमा भएको वित्तीय लगानी, लागू औषध कारोवार, भ्रष्टाचार, अवैध हातहतियारको कारोवार, मानव तस्करी तथा अमूल्य वस्तु, जनावर र बोटविरुवाको तस्करी, सीमा बाट हुने तस्करी, चिठ्ठा ठगी, माफिया सञ्चालन, हुण्डी व्यापार, क्यासिनो, अपहरण र फिरौती, चोरी र डकैति (पाइरेसी), राजश्व छली र कुनै पनि गैर कानूनी कार्य वा कालो धन सेतो पार्ने जुनसुकै कार्य बाट आर्जित धनलाइ धेरै जसो सम्पत्ति शुद्धीकरण गरिने मान्यता छ |

सम्पत्ति शुद्धीकरण चरणहरु:

सम्पत्ति शुद्धीकरण प्रक्रियामा  यसका ३ वटा चरणहरु रहेका हुन्छन, रकम राख्ने, रकमको तहकिकरण गर्ने र सम्पत्ति एकीकृत वा मूलप्रवाहीकरण गर्ने जस्ता कार्यबाट अवैध रुपमा आर्जित धन वैध बनाइन्छ ।

  • रकम राख्ने (Placement)

गैर कानुनि तवर तथा आपराधिक गतिबिधि द्वारा आर्जित धनलाइ कुनै पनि बैंक तथा वित्तीय संस्थान भित्र दाखिला, जम्मा गरिने कार्य लाइ प्लेसमेन्ट भनिन्छ । यो प्रक्रिया बाट कालो धनको सेतो सर्टिफिकेटको आधार तयार हुन्छ ।

  • रकमको तही करण (Layering)

गैर कानुनी तवर तथा आपराधिक गतिविधि द्वारा आर्जित धनलाई कुनै पनि बैंक तथा वित्तीय संस्थान भित्र दाखिला गराई सके पछि जटिल एवं बहु–चक्रीय वित्तीय कारोवारको सहारा बाट यसले मुख्य श्रोत बाट थप अलग्याउने वा दुरी बढाउने अर्थात यसको बास्तविक श्रोतको झल्को अथवा प्रमाण  दिन नसक्ने गरी ब्यबस्थापन गर्ने कार्य हो । बैंकमा जम्मा भएका यस्ता रकमलाई सम्पत्ति शुद्धीकरणको लागि अन्य लगानीका श्रोतमा बैधानिक लगानी गर्ने जस्तै सेयर लगानी, देश भित्र र बाहिर रकम ट्रान्सफर ( वायरिङ्ग) गरी आर्जित धनलाई पूर्ण रुपमा बैध बनाउने कार्य हुन्छ ।

  •  सम्पत्ति एकीकृत र मूलप्रवाहीकरण गर्ने (Integration)

गैर कानुनी तवर तथा आपराधिक गतिविधि द्वरा आर्जित धनको सम्पत्ति शुद्धीकरण प्रक्रियाको अन्तिम चरण हो इण्टिग्रेस्न । आर्थिक अपराधीहरुले कालो धनलाई बैंकिङ्ग चेनमा ब्यबस्थित गरिसके पछि अब पुन त्यसबाट सम्पति र लगानी विस्तार गरिने कार्यको मूलप्रवाहीकरण। यस क्रममा उसले खासगरी घरजग्गा कारोवार, व्यापार व्यवसाय, स्थायी सम्पत्ति वा संस्थागत क्षेत्र आदिमा लगानी गर्ने कार्य गर्दछ ।यस प्रक्रियामा अपराधीहरुले राज्यको सबै नियम कानुन बमोजिम र सम्पुर्ण कर दस्तुर दाखिला गर्दै सम्पत्ति एकीकृत गर्दछन र यो चरणमा कालो धन पूर्ण रुपमा बैध हुन् पुग्छ ।

के नेपाल ग्लोबल कालो धनको धुलाई फ्याक्ट्री हो ? – सम्पत्ति शुद्धीकरणको चेपुवामा देश

किन पटक पटक नेपाल वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को खैरो सुचीमा पर्दै आएको छ। कर छली, भ्रष्टाचार, लागू औषध, मानव बेचबिखन र आतंककारी गतिविधि जस्ता गैरकानूनी धन्दा बाट हुने कमाइ नेपालमा सजिलै वैध बन्द छ । “के नेपाल ग्लोबल कालो धनको धुलाई फ्याक्ट्री हो ? – सम्पत्ति शुद्धीकरणको चेपुवामा देश “- दैनिक अनलाइनले सुरु गरेको एउटा शृंखला हो । आगामी दिनमा विशेषज्ञ अर्थशास्त्री, राजनीतिज्ञहरू, सुरक्षा निकाय,  बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको विचार, बहस र मुद्दाउपर हाम्रो लगातार कभरेज जारी रहने छ।


प्रतिक्रिया दिनुहोस्