जमैकाले सन्दीप लामिछानेलाई खेलाएन, मञ्चमै बसेर खेल हेरे

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ९ : ५३


क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न क्यारेबियन मुलुक गएका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आजको खेल्न खेल्न पाएनन्।

जमैकाले सन्दीपलाई प्लेइंग इलेभेनमा समावेश नगरेपछि उनी मञ्चमै बसे।

आज बिहान भएको सो खेलमा जमैका तालबाज सेन्ट लुसिया किंग्ससँग २ विकेटले पराजित भयो।​

जमैकाले दिएको एक सय ६४ रनको लक्ष्य लुसिया किंग्सले आठ विकेट गुमाएर एक बल बाँकी छँदै भेटायो।

सन्दीपले जमैका तालाबाजको टिममा दोस्रो पटक आवद्ध भएका हुन्। सन् २०२० को संस्करणमा उनले जमैकाका लागि ५ दशमलव २७ को इकोनोमीमा १२ विकेट लिएका थिए।

सन्दीपमाथि अहिले नेपालमा बलात्कारको आरोपमा जाहेरी दर्ता भएको छ।


प्रतिक्रिया दिनुहोस्