‘सन्दीपलाई फसाउन खोजिएको हो भने प्रतिवाद गर्छौ, गल्ती गरेकै भए केही गर्न सकिँदैन’

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ९ : १७


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुर बहादुर चन्दले सन्दीप लामिछाने प्रकरणमा कानुनी सहयोग गर्न आफूहरु तयार रहेको बताएका छन्।

लामिछानेमाथि नाबालिग बलात्कारको आरोप लागेपछि क्यानले अब के गर्छ भन्नेबारे चासोका साथ हेरिएको छ। हाल देशबाहिर रहेका सन्दीपलाई राष्ट्रिय टोलीको कप्तानीबाट हटाउनु पर्ने माग समेत उठिरहेको छ।

यसबारे क्यान अध्यक्ष चन्दले आफूहरु प्रहरीलाई अनुसन्धानमा सघाउन तयार रहेको बताएका छन्। साथै सन्दीपमाथि पनि अन्याय नहोस् भनेर सजग रहेको समेत चन्दले बताए।

अध्यक्ष चन्दले भने-‘जानाजान सन्दीपलाई फसाउन खोजिएको हो भने क्यानले यसको प्रतिवाद गर्छ तर, अनुशासन मिचेका हुन भने केहि गर्न सकिँदैन।’

आफूहरु सन्दीप र परिवारको सम्पर्कमा रहेकाले चाँडै यसबारे सन्दीपको आधिकारिक धारणा सार्वजनिक गर्ने उनले बताए।

नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय क्षेत्रमा यहाँसम्म पुर्याउनको लागि सन्दीपको महत्वपूर्ण योगदान रहेको चन्दको भनाई छ।


प्रतिक्रिया दिनुहोस्