गाई–गोरुको मासु खुबै मनपर्छ भनेपछि रणवीर र आलियालाई मन्दिर छिर्न दिइएन!

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ५ : ४९


काठमाडौं। पछिल्लो केही समययता भारतमा अभिनेता रणविर कपुर आलोचित बनेका छन्। उनले अभिनय गरेको चलचित्र ‘ब्रम्हास्त्र’ नहेर्ने अभियान पनि चल्न थालेको छ।

रणवीरले आफूलाई बिफ मिट ‘गाई–गोरु’को मासु खुबै मनपर्छ भनेको भिडिओ सार्वजनिक भएपछि हिन्दु धर्मावलम्बीले रणवीरको विरोध गरिरहेका हुन्।

यस क्रममा रणवीर आफ्नी गर्भवती श्रीमती आलिया भट्टको साथमा एक मन्दिर दर्शनका लागि पुगेका थिए। तर त्यहाँ हिन्दु समुदायले विरोध गरेपछि उनीहरुले मन्दिर नै दर्शन गर्न पाएनन्।

मंगलबार उनीहरु मध्यप्रदेशको इन्दोरमा रहेको महाकाल मन्दिर गएका थिए। ठूलो भिडले विरोध गरेपछि उनीहरुलाई सुरक्षाकर्मीले सुरक्षा दिनु परेको थियो।

आगामी सेप्टेम्बर ९ मा रणवीर र आलिया अभिनित ‘ब्रम्हास्त्र’ चलचित्र रिलिज हुँदैछ। सो चलचित्रमा रणविरले शिव भगवानको अवतारको भूमिका निर्वाह गरेका छन्।

हिन्दु भगवानको अवतारमा अभिनय गर्ने कलाकारले गाई–गोरुको मासु मनपर्ने अभिव्यक्ति दिएपछि विरोध सुरु भएको हो।


प्रतिक्रिया दिनुहोस्