अपूर्व क्षितिजलाई फेरि ५ दिन थुनामा राख्न आदेश

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ३ : ४७


काठमाडौं । नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुर्‍याएको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थप ५ दिन थुनामा राख्न आदेश भएको छ।

सिंहलाई भदौ १२ गते जिल्ला प्रहरी कार्यालय काठमाडौँले पक्राउ गरेको थियो। १० दिन प्रहरी हिरासतमा बसिसकेका उनलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धान गर्न फेरि ५ लिन थुनामा राख्न आदेश आएको हो।

कमेडी गरेकै भरमा १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अन्याय भएको टिप्पणीहरु भइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्