सर्लाही, हरिवनको नयाँ रोडमा सेञ्चुरी बैंकको नयाँ शाखा

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ६ : ०३


काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंकले सेवा विस्तार गर्ने क्रममा मंगलबारदेखि सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको उद्घाटनगरी सेवा शुभारम्भ गरेका छन् । उद्घाटन कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुवास शर्मा, शाखा प्रमुख आशुतोष वैधलगायत बैंकका कर्मचारी तथा स्थानीयबासीहरूको उपस्थिति रहेको थियो ।

२०७९ असार मसान्त सम्ममा बैंकले १ खर्ब १ अर्ब ४० करोड रूपैयाँ निक्षेप संकलन र ९१ अर्ब ४६ करोड रूपैयाँ कर्जा प्रदानगरी १ अर्ब ३५ करोड ७२ लाख खुद नाफा गरेकाे छ ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा ल्याइ बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकको कुल शाखा संख्या १४७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्