ग्लोबल आइएमई बैंकको २७३ औँ एटिएम बुटवलको देवीनगरमा

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ५ : ५४


काठमाडौं । ग्लोबल आइएमई बैंक देवीनगर शाखाले दोश्रो एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा परिसरमा नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २७३ पुगेको छ।

बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैकका लुम्बिनी प्रदेश प्रमुख रबि श्रेष्ठले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरेका छन् ।

एटिएम सेवाकाे उद्घाटन गर्दै वडा अध्यक्ष क्षेत्रीले बुटवल उपमहानगरपालिकाकै सबैभन्दा ठूलो वडामा रहेको बैकको एटिएमले सेवाग्राहीलाई धेरै सुविधा पुर्‍याउने बताए ।


प्रतिक्रिया दिनुहोस्