३ सय कोरोना संक्रमित थपिए, २४५७ सक्रिय संक्रमित

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ४ : ३८


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ७ पुगेको छ।

मंगलबार १२४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ४५७ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर १ हजार ९८१ पीसीआर तथा २ हजार ६०९ एन्टिजेन परीक्षण भएको छ।


प्रतिक्रिया दिनुहोस्