फ्रान्सका राष्ट्रपतिको त्यो फोन जसले एमबाप्पेको रियल मड्रिड ट्रान्सफर रोकियो!

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ४ : २३


काठमाडौं। फ्रान्सको लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजी छाडेर एमबाप्पे यस सिजन स्पेनिस क्लब रियल मड्रिड जान चाहन्थे।

एमबाप्पेले बारम्बार पीएसजीसँग नयाँ सम्झौता नगर्ने बताउँदै आएका थिए। मड्रिडसँगको सम्झौतामा मोटामोटी कुरा मिलिसकेको थियो।

यद्यपी एमबाप्पेले अन्तिम समयमा मड्रिड जाने आफ्नो इच्छालाई टुक्राए। २३ वर्षका एमबाप्पेले आगामी सन् २०२५ सम्म अब पीएसजीबाटै खेल्नेछन्।

त्यसबेला फ्रान्सका संचारमाध्यमले राष्ट्रपति इम्यानुअल म्याक्रोका कारण एमबाप्पेले पीएसजी नछाडेको समाचारहरु प्रकाशित गरेका थिए।

यतिबेला एमबाप्पेले न्युयोर्क टाइम्ससँगको कुराकानीमा त्यसबेलाका हल्लालाई पुष्टि गर्दै आफूले राष्ट्रपतिकै कारण मड्रिड जाने सपना त्यागेको उल्लेख गरेका छन्।

उनले आफू रियल मड्रिड नगएता पनि त्यो क्लब आफूलाई आफ्नै घरजस्तो लाग्ने पनि बताएका छन्।

Emmanuel Macron has been in regular contact with Kylian Mbappé for four  years – Get French Football News

राष्ट्रपति म्याक्रोसँगको कुराकानीबारे उनले न्युयोर्क टाइम्ससँग भनेका छन्,‘मैले कहिल्यै सोचेकै थिइन मैले राष्ट्रपतिसँग मेरो भविष्यबारे कुराकानी गर्नेछु। उहाँले फोन गरेर पीएसजी नछाड्न आग्रह गर्नुभयो। तिमी देशको लागि महत्वपूर्ण छौं भन्नुभयो। उहाँले तिमीसँग अर्को क्लबमा जाने समय छ तर पीएसजीमा केही समय बसिदेउ भन्नु भयो।’

‘राष्ट्रपतिले नै भनेपछि मैले नमान्ने कुरै आउँदैन’ उनले भने। पीएसजी यतिबेला च्याम्पियन्स लिग जित्न चाहन्छ। जसकारण उसले स्टार खेलाडीहरु अनुबन्ध गरेको छ।

पीएसजीमा मेस्सी, नेमारजस्ता खेलाडी छन्। एमबाप्पे मड्रिड गइदिएको भए उनीहरुको च्याम्पियन्स लिग सपनामा धक्का लाग्नसक्छ जसकारण पीएसजीले राष्ट्रपतिलाई नै एमबाप्पेलाई फकाउन आग्रह गरेको अनुमान गरिएको छ। मार्काको सहयोगमा


प्रतिक्रिया दिनुहोस्