रवि भन्छन्, ‘सुरक्षा गार्डको पक्षमा माहौल श्रृजना गर्न हिरासत भित्र गएर फोटो राखेको हुँ’

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ९ : ०९


काठमाडौं । पर्यटनमन्त्री जिवनराम श्रेष्ठमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षा गार्डलाई हिरासत मै पुगेर स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले भेट गरे।

सुरक्षा गार्डलाई आफूले भेटेको फोटो रविले सामाजिक सञ्जालमा पनि राखे। हिरासतमा भएका व्यक्तिलाई भेटेर फोटो खिच्न दिएको भन्दै प्रहरीले प्रहरी चौकी दरबारमार्गका कार्यरत इन्स्पेक्टर र सईमाथि कारवाही अगाडि बढाएको छ।

यसैबीच, रविले आफूले सुरक्षा गार्डको पक्षमा माहौल श्रृजना गर्न हिरासत भित्र गएर फोटो खिचेको प्रष्ट पारेका छन्।

 


प्रतिक्रिया दिनुहोस्