गायिका त्रिशला भन्छिन्ः रोहित शाक्य मेरो प्रेमी होइनन्, घरमा गाली खानु परिराछ!

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : १०


काठमाडौं। हिजो आइतबार गायिका त्रिशला गुरुङले संगीतकार रोहित शाक्यसँगको एक फोटो पोस्ट गरेर मायाको भावना व्यक्त गरेकी थिइन्।

सो पोस्टसँगै त्रिशला र रोहित प्रेम सम्बन्धमा रहेको भन्दै समाचारहरु प्रकाशित भएका थिए।

यतिबेला गुरुङले आफू अफेयरमा नरहेको स्पष्टिकरण दिएकी छिन्। सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा त्रिशालाले भनेकी छिन्, ‘रोहित शाक्य मेरा प्रेमी होइनन्। यो एउटा गीतको सिलसिलामा खिचिएको फोटो हो। त्यहि फोटोलाई मैले गीतकै भावसँग मेल खाने शब्द लेखेर फेसबुकमा पोष्ट गरेकी थिएँ । तर मिडियामा ‘प्रेमी सार्वजनिक’ भनेर खबर प्रकाशित भए।’

‘बिहान यो खबर आएदेखि नै मैले घर, परिवार र आफन्तबाटसमेत धेरै गाली खाइरहेकी छु,’ उनले भनिन्।


प्रतिक्रिया दिनुहोस्