मुखभित्र झिंगा पसेपछि यी पत्रकारले झिंगा नै निलेर भनिन् समाचार! (भिडिओ)

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ५ : १६


ओटाबा। तपाईँ टेलिभिजन प्रसारणमा लाइभ हुनुहुन्छ भने तपाईँलाई हुन सक्ने सबैभन्दा खराब कुरा के हो? अचानक आउने खोकी, हाँच्छ्यु इत्यादि।

तर, क्यानाडाको ग्लोबल न्य्जकी एक समाचार बाचिकाका लागि भने अनौठो समस्या परेको छ। फराह नासेरले समाचार भन्दा भन्दै मुखमा परेको झिंगा निलेकी छिन्।

भिडियोमा समाचार बाचिकाले एकैछिन समाचार रोकेको र मुख बिगारेर त्यसलाई निलेपछि पुनः वाचन सुरु गरेको देखिन्छ। झिंगो निल्नु परेकोमा आफूलाई हाँसो लागेको उनले बताएकी छिन्।

उनले अगस्टको सुरुमा ओन्टारियोका प्रिमियर डग फोर्डले जनतालाई सम्बोधन गर्ने क्रममा झिंगा निलेको प्रसंगलाई पनि उल्लेख गरेकी छिन्।

ट्वीटरमा सेयर गरिएको भिडियोमा टोर्नोटोकी पत्रकारले लेखेकी छिन्, ‘हामी सबैलाई आजकल हाँस्न आवश्यक छ। यो डग फोर्ड मात्र होइन, मैले आज लाइभ प्रसारणमै झिंगा निले।’

उनले हालै पाकिस्तानमा आएको बाढी र त्यसले पुर्याएको क्षतिबारे समाचार बाचन गरिरहँदा मुखभित्र झिंगा पसेको थियो। झिंगा निल्दा उनलाई असहज महसुस भएको थियो।

उक्त घटनाबारे एक अन्तर्वातमा उनले भनेकी छिन्, ‘मेरो घाँटीभित्र झिंगा छट्पट्याइ रहेको थियो। त्यसलाई निल्न मलाई असहज भएको थियो। एजेन्सी

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्