गृहजिल्लाबाट रामकुमारी झाँक्रीको पार्टीका अध्यक्ष एमाले प्रवेश

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ४ : १५


काठमाडौं । नेकपा (एकिकृत समाजवादी) एसका गुल्मी अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन्।

चुनावको मुखैमा समाजवादी केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष नरेश भण्डारी र समाजवादीका अर्का केन्द्रीय एवम् जिल्ला इन्चार्ज गणेश खनाल एमालेमै फर्किएका हुन।

गुल्मी नेकपा (एस)की नेतृ एवं सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृह जिल्ला हो।

गुल्मीको क्षेत्र नम्बर-२ बाट उठ्ने गरी उनी अहिले चुनावी तयारीमा लागिरहेकी छन्।

स्थानीय भेटघाटदेखि कार्यकर्तासँगको छलफलमा लागिरहेका बेला रामकुमारीलाई जिल्ला नेतृत्वले एमाले रोजेपछि समस्या आइलागेको छ।

यसैबीच, गुल्मीमा जिल्ला इन्चार्ज र अध्यक्षसहित ठूलो पंक्ति एमालेमा फर्किएपछि एकीकृत समाजवादीका दुई उपाध्यक्ष र सह(इन्चार्जले सोमबार विज्ञप्ति निकालेका छन्।


प्रतिक्रिया दिनुहोस्