अफगानिस्तानस्थित रुसी दूतावासमा आक्रमण, दूतावासका दुई कर्मचारीको मृत्यु, ११ घाइते

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ३ : ३५


काठमाडौं। अफगानिस्तानको राजधानी काबुलमा रहेको रुसी दूतावास बाहिर आत्मघाती बम विस्फोट भएको छ।

सोमबार भएको यस सांघातिक आक्रमणमा परेर दुई रुसी दूतावासका कर्मचारीको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

रुसी विदेशमन्त्रालयले यो घटनाको पुष्टि गरेको छ। अफगान प्रहरीका अनुसार दूतावासको गेट नजिकै सो विस्फोट भएको थियो।

दूतावासका सुरक्षाकर्मीले एक आक्रमणकारीलाई गोही हानेर मारिदिएको पनि रोयटर्सले जनाएको छ।

गतवर्ष तालिबानले सत्ता कब्जा गरिरहँदा विश्वका प्राय सबै देशले अफगानिस्तानबाट दूतावास सारेका थिए। रुसको दूतावास भने द्वन्द्वको समयमा पनि काबुलमा खुला थियो।

यो आक्रमणको पछाडि कसको हात छ भनेर केही खुल्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस्