पाकिस्तानमा हिमाली क्षेत्रका हिमनदी पग्लिन थालेपछि भिषण बाढी, हालसम्म १३ सयको मृत्यु!

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  २ : ०७


काठमाडौं। पाकिस्तानमा केही समययता भिषण बाढी आइरहेको छ। वास्तवमा हिमनदी पग्लिएर फुट्दा त्यहाँ भयानक बाढी गइरहेको हो।

पाकिस्तानका विभिन्न हिमाली क्षेत्रका हिमनदीहरु पग्लिन थालेपछि पाकिस्तानका अधिकाँश हिस्सा यतिबेला जलमग्न छन्।

पछिल्लो बाढीमा परेर हालसम्म १३ सय पाकिस्तानी नागरिकले ज्यान गुमाएको पनि बताइएको छ।

बाढीका कारण ३ करोड ३० लाख मानिस विस्थापित भइसकेका छन्। यस बाढीका कारण १२ अर्ब ५० करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति पनि भएको बताइएको छ।

Pakistan flooding: How melting glaciers fueled the disaster - Vox

बाढीका कारण अधिकाँश क्षेत्रमा लामखुट्टेबाट सर्ने मलेरिया रोगको त्रासपनि बढेको छ। भने यस बाढीले हालसम्म डेढ लाखभन्दा बढी भवनहरु ध्वस्त बनाएको बताइएको छ।

बीबीसीको रिपोर्टअनुसार पाकिस्तानको हिमदीहरु पल्गिएर फुट्नुमा जलवायु परिवर्तन कारण हो। वास्तवमा पृथ्वीको तापक्रम बढ्दै गएपछि विश्वभर अत्यधिक गर्मी हुन थालेको छ।

वैज्ञानिकहरुका अनुसार तापक्रम बढेसँगै हिमाली क्षेत्रका हिमनदीहरु पग्लिएका छन् र हिमनदी फुट्दा भिषण बाढी निम्तिएका हुन्।

विज्ञहरुले बारम्बार विश्वभरका देश जलवायु परिवर्तनको विषयमा सजग हुनुपर्ने बताइरहेका छन्। एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्