भारतमा भयानक दुर्घटना, ५० फिट माथिबाट घुम्ने पिङ भुइँमा बजारिँदा यस्तो भयो…(भिडिओ)

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १२ : ५०


काठमाडौं। भारतको पञ्जाब राज्यमा भयानक दुर्घटना घटेको छ।

५० फिटमाथिबाट घुम्ने पिंङ सिधै भुइँमा बजारिएको बीबीसीहिन्दीले जनाएको छ।

उक्त पिङमा ५० मानिस सवार थिए। समाचार संस्था पीटीआईकाअनुसार मोहालीको फेज आठस्थित दशहरा ग्राउन्डको मनोरञ्जनात्मक पिङमा दुर्घटना भएको हो।

आइतबार राति ९ बजेर १५ मिनेट जाँदा दुर्घटना भएको थियो। यस दुर्घटनामा बच्चा र महिलासहित १० जना घाइते भएको बताइएको छ।

(भिडिओ)

यतिबेला मोहालीको सो दशहरा ग्राउन्डका संचालक पक्राउ परेका छन्। उनीमाथि पिङको सुरक्षाको विषयमा अनुसन्धान भइरहेको छ।

यो घटनाको भिडिओ र फोटोहरु पनि सार्वजनिक भएका छन् जुन ज्यादै डरलाग्दो देखिन्छ।


प्रतिक्रिया दिनुहोस्