आज छनोट हुने नयाँ कन्जरभेटिभ नेता बेलायतका प्रधानमन्त्री बन्नेछन्…

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ११ : २७


लन्डन। बेलायतमा आज नयाँ कन्जरभेटिभ नेता छनोट हुँदै छन्। कन्जरभेटिभका प्रमुख नेताको रुपमा छानिएका नेता देशको नयाँ प्रधानमन्त्री हुनेछन्।

नेता चयन गर्न केही सातादेखि विभिन्न चरणमा मतदान भएको थियो। नेता बन्ने दौडमा विदेशमन्त्री लिज ट्रस र पूर्वअर्थमन्त्री ऋषी सुनक छन्।

भावी कन्जरभेटिभ नेतामा ट्रसको सम्भावना धेरै रहेको विभिन्न सर्वेक्षणले देखाएका छन्। ऋषी सुनक भारतीय मुलका बेलायती नागरिक हुन्।

निर्वाचित भएमा ट्रस मारगेट थ्याचर र टेरिजा मेपछि देशको तेस्रो महिला प्रधानमन्त्री हुनेछिन्। मतदान गर्न योग्य अनुमानित २ लाख टोरी सदस्यहरूबाट हुने नेतृत्व चयनका लागि ४७ वर्षीय ट्रस आफ्ना प्रतिष्प्रर्धी ४२ वर्षीय सुनकभन्दा लगातार अगाडि छिन्।

आर्थिक अनियमितता र काण्डपछि बोरिस जोनसनले राजीनामाको घोषणा गरेसँगै नेतृत्वको प्रतिष्प्रर्धा जुलाईबाट सुरु भएको थियो।

८ साता लामो अभियानपछि शुक्रबार हुलाक तथा अनलाईन भोटिङ सम्पन्न भएको थियो। यसलाई ट्रसले ‘इतिहासमै लामो अन्तर्वार्ता’ भनेकी छिन्।

तथापि, भोटले आम जनताको राय प्रतिबिम्बित गर्न सक्दैन। यु गभले अगस्टको अन्त्यमा गरेको सर्वेक्षणमा ५२ प्रतिश ट्रसको प्रतिशतमा रहेको देखाएको थियो। तर, ४३ प्रतिशतले उनलाई विश्वास नगर्ने बताएका थिए। एजेन्सी


प्रतिक्रिया दिनुहोस्