ज्वालामुखी चढ्दै गर्दा ६ जना रुसी आरोहीको मृत्यु, ६ बेपत्ता

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १० : ४७


काठमाडौं। पूर्वी रुसको कामचटका क्षेत्रमा रहेको युरेसियाको सबैभन्दा अग्लो सक्रिय ज्वालामुखीमा आरोहण गर्ने क्रममा कम्तीमा ६ जनाको मृत्यु भएको छ।

आरोहणमा गएका अन्य ६ जना अलपत्र परेका छन्। खराब मौसमका कारण उद्धारकर्ताहरू क्लुचेभस्काया सोप्का ज्वालामुखीमा रहेका अन्य ६ जना आरोहीसम्म पुग्न असमर्थ रहेको बीबीसीले जनाएको छ।

आरोहीहरूमध्ये दुई जनाले समुद्र सतहबाट ३,३०० मिटर उचाइमा रहेको शिविरमा आश्रय लिएका र अन्य चार जनाले ४,००० मिटरको पालमा आश्रय लिएको विश्वास गरिन्छ।

सबै आरोही रुसी नागरिक हुन्। दुई जना गाइडसहितको १२ जनाको समूहले मंगलबार ४ हजार ७५४ मिटरको शिखरमा आरोहण सुरु गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

At Least 6 Climbers Killed during Fall on Russian Volcano


प्रतिक्रिया दिनुहोस्