पाकिस्तानको आश्रय शिविरहरूमा ४७ लाख भन्दा बढी गर्भवती महिलाहरू

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ९ : ३६


इस्लामाबाद । पाकिस्तानमा बाढीबाट प्रभावित ४७,००० भन्दा बढी गर्भवती महिलाहरू सिन्ध प्रान्तको आश्रय शिविरहरूमा बस्न बाध्य छन्।

स्थानीय सञ्चारमाध्यमले प्रान्तीय स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै आइतबार सो बारे तथ्याङ्क सार्वजनिक गरेका छन्।

सिन्धका स्वास्थ्यमन्त्री अजरा पेचुहोले बाढीबाट प्रभावित महिलाको तथ्याङ्क सार्वजनिक गरेकी हुन्।

उनले बाढीपहिरोपछि लाखौं मानिस विभिन्न रोगबाट ग्रसित भएको बताएकी छन्। सो प्रान्तमा १३४, ०००भन्दा बढी झाडापखाला र ४४,००० मलेरियाका घटनाहरू रिपोर्ट गरिएको छ।

गत अगस्ट ३० मा संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष, यौन तथा प्रजनन स्वास्थ्य निकायले बाढी प्रभावित क्षेत्रमा कम्तिमा ६५०,००० गर्भवती महिलाहरू रहेको र जसमध्ये ७३,००० जना यस महिनामा सुत्केरी हुन लागेको उल्लेख जनाएको छ।

बाढीपीडितहरूमध्ये हालसम्म एक लाखभन्दा बढी चर्मरोगबाट पीडित छन् भने १०० भन्दा बढी सर्पदंश र ५०० भन्दाबढी कुकुरको टोकाइबाट पीडित भएको डन अखबारले उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसंघ एजेन्सीले महिला र केटीहरू लैङ्गिक(आधारित हिंसाको बढ्दो जोखिममा रहन सक्ने चेतावनी जारी गरेको छ।

किनकि बाढीबाट करिब १० लाख घरहरू क्षतिग्रस्त भएका छन् र विस्थापित परिवार सुरक्षित आश्रयस्थलको खोजीमा छन्।

पाकिस्तानले यस वर्ष अभूतपूर्व बाढीको सामना गरेको छ जसले देशका करिब तीन करोड तीस लाख मानिसहरूलाई असर गरेको छ भने दशौं हजार मानिसहरूलाई विस्थापित गरेको छ।

स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको प्रतिवेदनअनुसार विगत दुई महिनामा सिन्धबाट १ लाख ३४ हजारभन्दा बढी झाडापखालाका घटनाहरू रिपोर्ट गरिएका छन्।

त्यस्तै यस वर्षको जुनदेखि हालसम्म ४४ हजार ८३२ औलोका बिरामी फेला परेको तथ्याङ्कले देखाएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्