एमाले उपाध्यक्ष रामबहादुर थापालाई मातृशोक

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १० : ४१


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ ।

उनकी आमा नन्द कुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्द कुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्