बार्सिलोनाले सेभियालाई हरायो

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ९ : १०


काठमाडौँ । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३–० ले पराजित गरेको हो ।

सेभियाको मैदानमा बार्सिलोनाको सहज जितमा राफिन्हा, रोबर्ट लेवान्डोस्की र एरिक गार्सियाले एकएक गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल थपेको थियो ।

जितसँगै बार्सिलोना ४ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । सेभिया १ अंक जोडेर १७औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्